२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न र प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई दिने नाममा भड्किलो गतिविधि नगराउन निर्देशन दिएको छ।

पार्टीको केन्द्रीय अनुशासन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ कि सरकार गठनपछि केही नेतागण, सदस्य र शुभेच्छुकहरूले मन्त्रालयमा पुगेर खादा तथा फुलमाला लगाउने, फोटो खिच्ने र अनावश्यक जमघट गर्ने गतिविधि गरेको पाइएछ। आयोगका अनुसार यस्ता कार्यहरू पार्टी अनुशासन विपरीत छन् र कार्यसम्पादनमा बाधा पुर्याउनसक्ने खालका छन्।

अधिकारिहरूले जारी गरेको निर्देशनमा भनिएको छ, “प्रधानमन्त्री र मन्त्रीहरूलाई बधाई दिन अनावश्यक भेटघाट, जमघट वा भीडभाड नगरौं। यसले सरकारको कामकाजमा ढिलाइ हुनसक्छ र नागरिकलाई अपेक्षित सेवा प्रवाहमा असर पुग्छ।” आयोगले सबै पार्टी पदाधिकारी, सदस्य र शुभेच्छुकलाई यसको पालना गर्न कडा अनुरोध गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय