२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

सोमपाल कामी र गुल्शन झा चोटका कारण लिग २ र टी–२०आई शृंखलाबाट बाहिर

नेदरल्याण्ड्ससँग जारी आईसीसी विश्वकप लिग २ एकदिवसीय श्रृंखला र आगामी टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली क्रिकेट टिमलाई ठूलो झटका लागेको छ। प्रशिक्षण सत्रका क्रममा चोटि परेका सोमपाल कामी र गुल्शन झा अब बाँकी खेल खेल्न नसक्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सोमपालको दायाँ हातमा र गुल्शनको घुँडामा चोट लागेको हो। चिकित्सकको सल्लाहअनुसार उनीहरूलाई तत्काल उपचारमा राखेर पूर्ण विश्राम दिने निर्णय गरिएको छ।

हालसम्मको प्रदर्शनमा दुबै खेलाडी नेपालका लागि प्रभावशाली रहे। सोमपालले अघिल्लो खेलमा ब्याटिङमा उत्कृष्ट योगदान दिँदै ६७ रन बनाएका थिए, तर नेपाल २ रनले पराजित भएको थियो। गुल्शनले भने पहिलो खेलमा करण केसीसँग साझेदारी गर्दै नेपाललाई ऐतिहासिक जित दिलाउने महत्वपूर्ण भूमिका खेलेका थिए।

दुवै खेलाडीको अनुपस्थितिले नेपाललाई बाँकी लिग २ खेलहरू र आगामी टी–२०आई शृंखलामा दबाबमा पार्न सक्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय