२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब संसद्मा संख्याको बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले विगतमा आफ्ना पक्षधरलाई जोगाउन र विपक्षीलाई फसाउन कानुन संशोधन गरिएको तथा अध्यादेश ल्याइएको उल्लेख गरे। त्यस्ता गतिविधि अब सच्याइने उनले बताए।

“प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन। आस्थाका आधारमा फरक व्यवहार हुने छैन,” उनले भने।

लामिछानेले अब कसैको आवाज दबाउने अभ्यास अन्त्य हुने पनि स्पष्ट पारे। “अन्यायपूर्वक विधि मिचेर कसैको माइक काटिने छैन। संसदीय समितिमा पनि संख्याकै बलमा प्रतिशोध हुने छैन,” उनले प्रतिबद्धता जनाए।

यस्ता सुधारका प्रयाससँगै सुशासनको अभियान भने निरन्तर अघि बढ्ने उनको भनाइ छ। “सुशासनको वेग रोकिने छैन। न्याय माग्ने पहिलो हक शहीदकी आमाको हो, यसलाई प्रतिशोध भन्न मिल्दैन,” उनले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय