२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचार भएको बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले वास्तविकता समयसँगै स्पष्ट हुने भन्दै सार्वजनिक भएका अतिरञ्जित विवरणबाट भ्रममा नपर्न आग्रह गरेका छन्।

देउवाले आफूहरू हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचार प्रक्रिया जारी रहेको जानकारी दिएका छन्। साथै, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको विषय आफूले सञ्चारमाध्यमबाट थाहा पाएको बताएका छन्।

उनले सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको विवरण कानुनअनुसार सम्बन्धित निकायमा पेश गरिएको उल्लेख गरेका छन्।

देउवाले आफ्नो राजनीतिक जीवन पारदर्शिता, सुशासन र भ्रष्टाचारविरुद्ध केन्द्रित रहेको दाबी पनि गरेका छन्। उनले गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन लागू भएको र प्रधानमन्त्री हुँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन कार्यान्वयनमा आएको उल्लेख गरेका छन्।

आफ्नो जीवनलाई खुला पुस्तकसरह रहेको भन्दै उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताका पक्षमा जीवनभर संघर्ष गरेको बताएका छन्।

यसअघि देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय