२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह १४ दिनमै पदबाट हटाइएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई पदमुक्त गरेका हुन्।

मन्त्री साहले पदमा रहँदा पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा सक्रिय बनाएको आरोप लागेको थियो। सो विषयमा कारबाही गर्न रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।

यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले घटनाबारे विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पेश गरेको थियो। सोही प्रतिवेदनका आधारमा सिफारिस गरिएको जनाइएको छ।

पार्टीले उक्त गतिविधिले पार्टीको छवि, आदर्श र सिद्धान्तमा नकारात्मक प्रभाव पारेको ठहर गरेको छ। पार्टी विधानअनुसार पदको दुरुपयोग भएको अवस्थामा ‘राइट टु रिकल’ प्रयोग गर्न सकिने व्यवस्था रहेकाले साहलाई जिम्मेवारीबाट फिर्ता बोलाइएको हो।

यसैबीच, सोही विषयमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि प्रधानमन्त्री शाहले सचेत गराएका छन्।

पदमुक्त भएपछि प्रतिक्रिया दिँदै साहले आफूलाई स्पष्टीकरण दिने अवसर नदिइएको बताएका छन्। उनले आफ्नो क्षमता र योग्यताका आधारमा मन्त्रालयको जिम्मेवारी पाएको उल्लेख गर्दै हटाउने अधिकार पार्टी र प्रधानमन्त्री दुवैमा रहेको बताएका छन्।

साहका अनुसार आफूले छोटो अवधिमा १५–१६ वटा काम अघि बढाएको र ती कार्यलाई नयाँ मन्त्रीले निरन्तरता दिने अपेक्षा गरेका छन्।

पत्नी नियुक्ति सम्बन्धी विवादबारे उनले आफ्नी पत्नी सक्षम र योग्य व्यक्ति भएको दाबी गरेका छन्। साथै मिडियाले विषयलाई बढाएर प्रस्तुत गरेको पनि उनले उल्लेख गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय