२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले विद्यालय तहको शैक्षिक क्यालेन्डरमा दीर्घकालीन असर पर्ने जनाएको छ।

संस्थाका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापाद्वारा जारी विज्ञप्तिमा थप बिदाका कारण निर्धारित समयमै पाठ्यक्रम पूरा गर्न कठिनाइ हुने उल्लेख गरिएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्ले चैत २२ गते पेट्रोलियम पदार्थको खपत घटाउने र वैदेशिक मुद्रा सञ्चिति संरक्षण गर्ने उद्देश्यले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। साथै नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय पनि गरिएको छ।

नेसनल प्याब्सनका अनुसार दैनिक ज्यालादारीमा निर्भर अभिभावकहरूका लागि दुई दिने बिदा व्यवस्थापन गर्न चुनौतीपूर्ण हुन सक्ने र यसले सामाजिक तथा आर्थिक असर समेत पार्न सक्ने देखिएको छ।

यी अवस्थाका बाबजुद संस्थाले सरकारको निर्णय कार्यान्वयन गर्न आफ्ना सदस्य विद्यालयहरूलाई आग्रह गरेको छ।

साथै, नयाँ भर्ना वैशाख २ गतेदेखि सुरु गरी पठनपाठन सञ्चालन गर्न सुझाव दिइएको छ।

शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन पठनपाठन हुनुपर्ने व्यवस्था रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय