२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद र १५ औँ महाधिवेशनको कार्यतालिकासम्बन्धी दुवै रिट निवेदनमाथि सर्वोच्च अदालतमा एउटै इजलासमा सुनुवाइ हुने भएको छ।

दुवै मुद्दाको पेसी शुक्रबारका लागि तोकिएको छ। अदालतले मूल मुद्दा र पूरक निवेदनलाई एकैसाथ एउटै इजलासमा पेसी चढाएको हो।

यो सुनुवाइ कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुने भएको छ। उक्त मुद्दा पेसी सूचीको ९ औँ नम्बरमा रहेको छ।

यसअघि निर्वाचन आयोगले गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहलाई आधिकारिकता दिने निर्णय गरेको विषयमा सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो। सो मुद्दा विचाराधीन रहेको अवस्थामा अर्को पक्षले महाधिवेशन प्रक्रिया अघि बढाएको भन्दै विवाद थपिएको हो।

देउवा पक्षले पार्टीको आधिकारिकता विवाद नटुंगिँदासम्म १५ औँ महाधिवेशनको घोषित कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै पूरक निवेदन दर्ता गरेको छ।

विशेष महाधिवेशनबाट बनेको समितिले आगामी असोज १६ देखि १९ सम्म महाधिवेशन गर्ने र वैशाख १ देखि सदस्यता अभियान सुरु गर्ने तयारी गरेपछि सो प्रक्रिया रोक्न माग गरिएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय