२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार जनताले प्रकट गरेको मर्म, भावना र चाहनाअनुसार सञ्चालन हुनुपर्ने बताएका छन्।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा निर्वाचनबाट संसदीय इतिहासमै अभूतपूर्व रूपमा युवा वर्गको सहभागितासहितको संसद् गठन भएको उल्लेख गरे। नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको सन्दर्भमा यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति युवा पुस्ताको आकर्षण, विश्वास र नेतृत्व विकासको स्पष्ट सन्देश दिएको उनले बताए।

राष्ट्रपति पौडेलले जनताले उत्तरदायी र पारदर्शी शासन, प्रभावकारी सेवा प्रवाह, भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, विधिको शासन र दण्डहीनताको अन्त्य चाहेको उल्लेख गरे। साथै, मुलुकभित्रै रोजगारी सिर्जना, सामाजिक न्याय, तीव्र आर्थिक–सामाजिक विकास, शान्ति र स्थायित्व जनताको प्रमुख अपेक्षा रहेको उनको भनाइ थियो।

उनले विगतका जनआन्दोलन, संघर्ष तथा पछिल्लो समय युवा पुस्ताको आन्दोलनमार्फत जनताले यिनै मागहरू स्पष्ट रूपमा व्यक्त गरेको बताए।

राष्ट्रपतिले जनअपेक्षा पूरा गर्न संसद्ले नागरिक केन्द्रित र जनकल्याणकारी कानुन निर्माण गर्नुपर्नेमा जोड दिए। निर्माण भएका कानुनको प्रभावकारी कार्यान्वयन सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै उनले परिणाममुखी कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, न्यायपालिकाबाट छिटो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सके मात्र परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने शहीदप्रति वास्तविक सम्मान हुने उनले बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय