२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

मन्त्रिपरिषद् गठन भएको १२ दिन नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूको मर्यादाक्रममा व्यापक हेरफेर गरेका छन्।

मंगलबार प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को मर्यादाक्रम परिवर्तन गरेका हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उक्त हेरफेर गरिएको हो।

नयाँ मर्यादाक्रमअनुसार अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत रहेका छन्। यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ भने पाँचौँ स्थानमा झारिएका छन्। चौथो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो स्थानमा उकासिएको छ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई छैटौँबाट चौथो स्थानमा ल्याइएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल भने पाँचौँ स्थानबाट छैटौँमा झरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल सातौँ स्थानबाट १२औँ स्थानमा पुगेका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल आठौँबाट ११औँ स्थानमा झारिएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता नवौँ स्थानबाट १०औँमा सरेकी छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना १०औँ स्थानबाट १३औँ स्थानमा पुगेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल ११औँ स्थानबाट नवौँ स्थानमा उक्लिएकी छन्। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम १२औँ स्थानबाट सातौँ स्थानमा पुगेकी छन्।

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी १३औँबाट १४औँ स्थानमा झरेकी छन् भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह १४औँ स्थानबाट अन्तिम स्थानमा पुगेका छन्।

यसअघि अन्तिम स्थानमा रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी भने आठौँ स्थानमा उक्लिएकी छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय