२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुखको निर्वाचनले राष्ट्रवादी शक्ति र विदेशबाट आयातित शक्तिबीच स्पष्ट विभाजन गर्ने दावी गरेका छन्।

संसद्मा आज सम्बोधन गर्दै उनले उपसभामुखको चुनावलाई सामान्य प्रक्रिया मात्र नभई विचार र धारको स्पष्ट कित्ताकाट गर्ने अवसरको रूपमा प्रस्तुत गरेका हुन्।

मतदान अघि सभामुख डोलप्रसाद अर्यालले शाहीलाई आफ्नो पार्टीको उम्मेदवारी फिर्ता लिन समय दिएका थिए। तर उनले उम्मेदवारी फिर्ता नलिने निर्णय सुनाएका छन्।

शाहीले भने, ‘यो उपसभामुखको चुनाव मात्र होइन, राष्ट्रवादी कित्ता र विदेशबाट आयातित व्यवस्थाको कित्ता क्लीयर गर्ने विषय भएकाले हामी उम्मेदवारी फिर्ता लिँदैनौँ।’

उनले उम्मेदवारी कायम राखेपछि उपसभामुख पदका लागि मतदान प्रक्रिया सुरु भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय