२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निमन्त्रणा दिएपछि नेपाल सरकारले आन्तरिक तयारी अघि बढाएको हो।

यद्यपि यसबारे औपचारिक घोषणा भने अझै गरिएको छैन।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय प्रधानमन्त्री मोदीले शुभकामना सन्देशमार्फत प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिएका थिए। सो निमन्त्रणा प्रधानमन्त्री बालेनले स्वीकार गरिसकेको उनले बताएका छन्।

हाल मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी रहेका परराष्ट्रमन्त्री खनालले भारतीय सञ्चारमाध्यम विअनसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन्।

उनका अनुसार भ्रमणको मिति र समय भने दुबै देशका सम्बन्धित संयन्त्रमार्फत तय गरिनेछ।

परराष्ट्रमन्त्री खनालले भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता समेत गरेका छन्। भेटमा दुई देशबीचका सम्बन्ध र नयाँ सरकारका प्राथमिकताबारे छलफल भएको उनले बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय