२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको विवरणअनुसार उनको नाममा सुन, सवारी साधन, बैंक मौज्दात, सेयर र पैतृक जग्गासहितका सम्पत्ति रहेका छन्।

विवरणअनुसार मन्त्री गौतमसँग करिब १५ तोला सुन रहेको छ। जसमा १० तोला विवाहमा प्राप्त र ५ तोला पैतृक सम्पत्ति रहेको उल्लेख गरिएको छ। साथै ९ तोला चाँदी र १ तोला हिरा पनि सम्पत्तिमा समावेश गरिएको छ।

चितवनको भरतपुर महानगरपालिकामा ६७७ वर्गमिटर जग्गा रहेको विवरणमा देखाइएको छ। उक्त जग्गा सासूससुराको नाममा रहेको पैतृक सम्पत्ति भएको जनाइएको छ।

बैंक मौज्दाततर्फ एनआईसी एसिया बैंकमा ३ लाख ६८ हजार, राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार ८ सय, नबिल बैंकमा ४ लाख ८१ हजार, माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार र ग्लोबल आईएमई बैंकमा ८ हजार २ सय रुपैयाँ रहेको उल्लेख छ।

सेयर लगानीतर्फ ग्लोबल हिमालय ट्रक एन्ड ट्रेड्समा ५० प्रतिशत स्वामित्व रहेको देखाइएको छ, जुन पैतृक सम्पत्तिबाट प्राप्त भएको भनिएको छ। त्यस्तै सोपन मल्टीपल कम्पनीमा ६ हजार ५०० कित्ता सेयर रहेको विवरणमा उल्लेख छ, जुन तलबबाट प्राप्त भएको जनाइएको छ।

सवारी साधनतर्फ मन्त्री गौतमसँग २६ लाख रुपैयाँको कार रहेको छ। साथै उनका श्रीमान् गृहेन्द्र घिमिरेको नाममा ९५ लाख रुपैयाँ मूल्यको कार रहेको विवरणमा देखाइएको छ। त्यस्तै २ लाख ७५ हजार रुपैयाँको स्कुटर पनि सम्पत्तिमा समावेश गरिएको छ।

ऋणतर्फ, उनले राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख रुपैयाँ र एभरेस्ट बैंकमा २५ लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरेकी छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय