२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत प्राप्त आम्दानीदेखि परिवारको गहना र अन्य विवरण खुलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार शाहसँग फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइ र इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट प्राप्त गरी १ करोड ४६ लाख रुपैयाँ नगद रहेको उल्लेख छ ।

विवरणमा उक्त आम्दानी डिजिटल प्लेटफर्महरूमा गरिएको गतिविधि र सामग्री उत्पादनमार्फत प्राप्त भएको जनाइएको छ ।

यसैगरी, प्रधानमन्त्री शाहकी श्रीमती सविना काफ्लेसँग १९० तोला सुनका गहना रहेको पनि विवरणमा उल्लेख गरिएको छ ।

सार्वजनिक विवरणअनुसार अन्य व्यक्तिगत सम्पत्ति र आर्थिक विवरणसम्बन्धी जानकारी पनि समावेश गरिएको भए पनि मुख्य रूपमा डिजिटल आम्दानी र पारिवारिक गहनाको विवरण बढी चर्चामा आएको छ ।

सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति पारदर्शी रूपमा सार्वजनिक गर्ने अभ्यासअनुसार यो विवरण सार्वजनिक गरिएको हो ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय