२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ, जसमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म ठूलो मात्रामा सुन रहेको देखिएको छ ।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाह र उनकी पत्नी सविना काफ्लेको पैतृक सम्पत्तिका रूपमा १९० तोला सुन रहेको उल्लेख छ ।

कुल मन्त्रीहरूको संयुक्त सुन मौज्दात ७८७ तोला पुगेको विवरणमा देखिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीसँग सबैभन्दा बढी १८० तोला सुन रहेको छ । उनले रुसमा व्यापार गर्दा उक्त सम्पत्ति आर्जन गरेको विवरणमा उल्लेख छ ।

गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवसँग ८० तोला सुन रहेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ ।

यस्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन रहेको छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र स्वास्थ्य तथा खानेपानी मन्त्री निशा मेहेतासँग ३०–३० तोला सुन रहेको देखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र शिक्षा मन्त्री सस्मित पोखरेलसँग २५–२५ तोला सुन रहेको विवरणमा उल्लेख छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग १८ तोला सुन रहेको छ ।

ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र कानुन मन्त्री सोविता गौतमसँग १५–१५ तोला सुन रहेको देखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलसँग ११ तोला सुन रहेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनासँग करिब ७ तोला सुन रहेको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीसँग ५ तोला सुन रहेको विवरणमा उल्लेख छ ।

सार्वजनिक विवरणअनुसार मन्त्रीहरूको व्यक्तिगत र पारिवारिक सम्पत्तिमा ठूलो मात्रामा सुन मौज्दात देखिएपछि यो विषय थप चर्चामा आएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय