२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन | फिफा विश्वकप २०२६ : आयोजक क्यानडा र बोस्नियाबीच अंक बाँडफाँड | काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक |

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सँग सम्बन्धित १२ वर्ष पुरानो एक र्‍याप भिडिओविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। उक्त भिडिओ युट्युबबाट हटाउन माग गर्दै शुक्रबार संयुक्त रूपमा उजुरी दिइएको हो।

विवेक मगर, रोजी पुन, महिन्द्रसिँह दनुवार र पवन राई (बाबु)ले दायर गरेको उजुरीमा ‘रअ बार्ज’ अन्तर्गतको र्‍याप ब्याटलमा प्रयोग भएका शब्दहरू महिला तथा यौनिक अल्पसङ्ख्यक समुदायविरुद्ध घृणास्पद र अपमानजनक रहेको उल्लेख गरिएको छ।

उजुरीमा सङ्ग्स नेपाल युट्युब च्यानलमा अपलोड गरिएको करिब २० मिनेट लामो भिडिओको लिंकसमेत समावेश गरिएको छ। सो भिडिओमा प्रयोग गरिएका केही शब्द र अभिव्यक्तिले महिला तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई होच्याउने, यौन हिंसालाई सामान्यीकरण गर्ने र अमानवीय सन्देश दिने काम गरेको आरोप लगाइएको छ।

उजुरीकर्ताहरूले हाल प्रधानमन्त्रीजस्तो उच्च सार्वजनिक पदमा रहेका व्यक्तिसँग जोडिएको यस्तो सामग्रीले सामाजिक वातावरणमा नकारात्मक प्रभाव पार्ने दाबी गरेका छन्। उनीहरूका अनुसार उक्त अभिव्यक्तिहरूले संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने र समानताको हकमा समेत असर पुर्‍याएको छ।

यस्तै, विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत सार्वजनिक मर्यादा र सामाजिक सद्भावविरुद्ध हुने खालका सामग्री भएकाले उक्त भिडिओ गैरकानुनी रहेको दाबी पनि गरिएको छ।

उजुरीमा उक्त सामग्री साइबर अपराधअन्तर्गत पर्ने भन्दै आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ। साथै, भिडिओ हटाउने, सार्वजनिक रूपमा माफी माग्ने र क्षतिपूर्ति दिलाउनुपर्ने मागसमेत अघि सारिएको छ।

भिडिओको भ्युज १ करोड ५० लाख पुगेको उल्लेख गर्दै त्यसबाट भएको आम्दानीलाई लैङ्गिक अल्पसङ्ख्यक समुदायको सकारात्मक सन्देश फैलाउने काममा प्रयोग गर्नुपर्ने माग पनि गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय