२०८३ बैशाख ८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
विवादबीच गृहमन्त्री गुरुङ रवि लामिछानेसँग भेट्न बूढानीलकण्ठमा | ‘बारम्बार विवाद आउँछ’ भन्दै गृहमन्त्रीलाई हर्क साम्पाङको मार्गप्रशस्त गर्न सुझाव | अमेरिका–इरान वार्ता अन्योलमा, दुवै पक्षबाट युद्धको चेतावनी | ट्राफिक नियम उल्लंघन बढ्दो, एकै दिन हजारौँ चालक कारबाहीमा | ४० निर्वाचन क्षेत्रमा रास्वपाद्वारा समानुपातिक सांसदलाई जिम्मेवारी | गृहमन्त्री विवादबीच प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक | विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्री बालेन्द्र शाहको कडा निर्देशन | गृहमन्त्रीबारे सरकार र पार्टीले धारणा सार्वजनिक गर्नुपर्ने राजेन्द्र लिङ्देनको माग | गैरकानुनी शर्त लेखिएको राहदानी प्रकरणमा दुई अध्यागमन अधिकृत जिम्मेवारीबाट हटाइए | इन्धन मूल्यवृद्धि फिर्ता लिन कुलमान घिसिङको माग |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचनमा जित हासिल गर्न नसकेका ४० निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूमा यस्तो जिम्मेवारी बाँडफाँट गरिएको हो।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार ती क्षेत्रमा रहेका जनसमस्या र मागहरू प्रभावकारी रूपमा सम्बोधन गर्न सहज होस् भन्ने उद्देश्यले समानुपातिक सांसदलाई जिम्मेवारी दिइएको हो।

उनले प्रत्यक्षतर्फ हार व्यहोरेका क्षेत्रहरूलाई बेवास्ता नगरी निरन्तर समन्वय र काम अगाडि बढाउने रणनीति अन्तर्गत यो निर्णय गरिएको स्पष्ट पारे।

रास्वपाले उक्त ४० निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूको सूचीका आधारमा जिम्मेवारी निर्धारण गरेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय