
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान परिस्थितिमा पदबाट हट्नु नै उपयुक्त हुने बताएका हुन्।
सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारी विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ विवादमा तानिएका छन्। सोही विषयलाई संकेत गर्दै साम्पाङले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
उनले गृहमन्त्रीसँग सम्बन्धित विषयहरू पटक–पटक सार्वजनिक हुने गरेको उल्लेख गर्दै यसले राम्रो सन्देश नदिने बताए। “उहाँको जहिल्यै पनि नयाँ नयाँ कुरा सुनिन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। तर हप्तामा दुई–तीन पटक नै फरक–फरक विषय आउँछ,” उनले भने, “त्यसैले मार्गप्रशस्त गर्नु नै राम्रो हुन्छ।”
साम्पाङले आफू सरकारप्रति नजिकबाट प्रश्न गर्ने र आवश्यक परे सहयोग तथा आलोचना गर्ने भूमिकामा रहने पनि बताए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
