२०८३ बैशाख ८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले संसदमा प्रश्नको जवाफ दिनुपर्ने | धितोपत्र बोर्ड अध्यक्ष सिफारिसका लागि समिति गठन, डा. गुणाकर भट्ट संयोजक | पश्चिम एसिया जाने कामदारका लागि पुनः श्रम स्वीकृति खुला | विवादबीच गृहमन्त्री गुरुङ रवि लामिछानेसँग भेट्न बूढानीलकण्ठमा | ‘बारम्बार विवाद आउँछ’ भन्दै गृहमन्त्रीलाई हर्क साम्पाङको मार्गप्रशस्त गर्न सुझाव | अमेरिका–इरान वार्ता अन्योलमा, दुवै पक्षबाट युद्धको चेतावनी | ट्राफिक नियम उल्लंघन बढ्दो, एकै दिन हजारौँ चालक कारबाहीमा | ४० निर्वाचन क्षेत्रमा रास्वपाद्वारा समानुपातिक सांसदलाई जिम्मेवारी | गृहमन्त्री विवादबीच प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक | विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्री बालेन्द्र शाहको कडा निर्देशन |

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि सरकारद्वारा समिति गठन गरिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो।

समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्यका रूपमा रहेका छन्।

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पद पूर्तिका लागि उक्त समिति गठन गरिएको हो। उनले नयाँ सरकारलाई सहयोग गर्ने भन्दै पद त्याग गरेका थिए।

यसैबीच, मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय