२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल धितोपत्र बोर्डले विवादित व्यवसायी दीपक भट्टसहित चार जनाले उधारोमा सेयर कारोबार गरेको निष्कर्ष निकालेको छ।

बोर्डले तयार पारेको अनुसन्धान प्रतिवेदनमा भट्टसँगै सुबी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरले ब्रोकरसँग मिलेर कानुनविपरीत सेयर कारोबार गरेको उल्लेख गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा बोर्डले उक्त प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा भट्ट र शंकर समूहबीचको व्यावसायिक साझेदारीमा भएको सेयर कारोबारको विवरण समेत समेटिएको छ।

प्रतिवेदनअनुसार उनीहरूले ब्रोकर नम्बर ५५ भृकुटी सेक्युरिटिजमार्फत अग्रिम रकम नदिई सेयर खरिद गर्ने, पछि राफसाफ गर्ने र कारोबारको सीमा प्रयोग गर्ने गरेका थिए। यस क्रममा सेयरको पूर्ण रकम नतिरी पनि सेयर आफ्नै खातामा आएको देखिएको उल्लेख छ।

बोर्डले यस्तो अभ्यासले सेयरको मूल्य कृत्रिम रूपमा बढाउन सहयोग पुगेको र लगानीकर्ता तथा बजारलाई झुक्याउने काम भएको निष्कर्ष निकालेको छ।

धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीसँग मिलेर योजनाबद्ध रूपमा यस्तो गतिविधि गरिएको र यसले धितोपत्रसम्बन्धी ऐनअनुसार कसुर हुन सक्ने बोर्डले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय