२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको दोस्रो बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघिदेखि बैठक जारी रहेको छ।

कार्यदलको संयोजक प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह रहेका छन्। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य, एमालेका तर्फबाट संविधान सभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिस्ट पार्टीका संविधान सभा सदस्य तथा पूर्वकानूनमन्त्री देवप्रसाद गुरुङ र श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायतको उपस्थिति रहेको छ।

कार्यदलले संविधान संशोधन प्रक्रियालाई राष्ट्रिय सहमति, व्यापक सहभागिता र तथ्यमा आधारित बनाउने विषयमा साझा समझदारी जुटाउने लक्ष्य राखेको छ।

संविधान संशोधनका लागि विभिन्न राजनीतिक दलहरूले आ–आफ्नो धारणा र सुझाव प्रस्तुत गर्ने क्रम पनि जारी रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय