२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले वर्षे धान रोपाइँका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने बताएकी छन्। उनले हालको मौज्दात रोपाइँसम्मका लागि पर्याप्त रहेको स्पष्ट पारेकी हुन्।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सरकारले मल आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिइन्। उनका अनुसार रोपाइँपछि आवश्यक पर्ने मल व्यवस्थापनका लागि पनि तयारी भइरहेको छ।

मन्त्री चौधरीले रासायनिक मलसँगै माटोको स्वास्थ्य सुधारमा पनि सरकारले ध्यान दिएको बताइन्। उनले जैविक तथा प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि बढाइएको उल्लेख गरिन्।

सरकारले ल्याएको ‘सय बुँदे सुदृढीकरण’ योजनामा मल व्यवस्थापन र माटो सुधारका कार्यक्रम समावेश गरिएको उनले जानकारी दिइन्। ‘सोयल हेल्थ कार्ड’मार्फत माटोको गुणस्तर सुधार गर्ने योजना पनि कार्यान्वयनतर्फ अघि बढाइएको उनको भनाइ छ।

त्यस्तै, किसानलाई उपलब्ध गराइने अनुदान र बीउबिजन व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले अध्ययन गरिरहेको मन्त्री चौधरीले बताइन्। विगतका कमजोरी सुधार गर्दै वास्तविक किसानसम्म सुविधा पुर्‍याउने लक्ष्य राखिएको उनले स्पष्ट पारिन्।

उन्नत बीउबिजनको सहज आपूर्तिका लागि मन्त्रालयले आवश्यक समन्वय गरिरहेको समेत उनले जानकारी दिइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय