
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको सुरक्षा र व्यवस्थापन सुनिश्चित गर्न ६ बुँदे सर्कुलर जारी गरेका छन् ।
मन्त्रीको निर्देशनपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बस्ती स्थानान्तरणबाट प्रभावित विद्यार्थीहरूको परीक्षा व्यवस्थापन, विद्यालय समायोजन र समन्वयलाई प्रभावकारी बनाउन विभिन्न निर्देशन जारी गरेको हो ।

केन्द्रले सुकुम्बासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सबै स्थानीय तहलाई सहजीकरण गर्न अनुरोध गरेको छ ।
विशेषगरी सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहयोग गर्न र विद्यालय नै प्रभावित भएको स्थानमा वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
यस्तै, प्रभावित विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित कुनै समस्या, गुनासो वा सुझाव भएमा सम्बन्धित निकायमार्फत केन्द्रमा जानकारी गराउन पनि स्थानीय तहलाई भनिएको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
