२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै चेतावनी दिएका छन् ।

सर्लाहीमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले सरकारले मधेशका जनताको अधिकार र सुविधा खोसेको आरोप लगाए । उनले मधेशका नागरिकलाई उपलब्ध हुँदै आएको सुविधा पुनः सुचारु गर्न आग्रह गरेका छन् ।

थापाले प्रधानमन्त्रीले जनकपुर भ्रमणका क्रममा मधेशका नागरिकलाई आफ्नै ठाउँमा अधिकार सुनिश्चित हुने बताएका स्मरण गर्दै व्यवहारमा भने उल्टो भइरहेको बताए । उनका अनुसार वर्षौँदेखि सीमापार गएर सामान किनमेल गर्दा पाइने सहजता सरकारले हटाएको छ ।

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको दैनिक जीवनमा थप समस्या सिर्जना गरेको पनि उल्लेख गरे । यसअघि पनि यस्ता निर्णयलाई गलत भन्दै आएको र अहिले पनि त्यही धारणा रहेको उनले स्पष्ट पारे ।

सीमाक्षेत्रमा सामान्य सामान ल्याउने नागरिकमाथि कडाइ गर्नु उपयुक्त नभएको बताउँदै उनले यस्तो कदमले गरिब र सामान्य नागरिकलाई थप मार पर्ने बताए ।

थापाले सरकारलाई जनतालाई राहत दिन आग्रह गर्दै भने, दिन सक्ने भए सुख दिनू, नसक्ने भए कम्तीमा दुःख नदिनू । उनले चेतावनी दिँदै भने, यदि यस्तै अवस्था रहिरहे कांग्रेस सडकमा उत्रिन बाध्य हुने छ ।

उनका अनुसार जनताको आवाज उठाउनु आफ्नो जिम्मेवारी भएको पनि उनले बताएका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय