२०८३ बैशाख १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बस–ट्रक भाडा फेरि महँगियो | संसद् छलेर अध्यादेश ल्याइएको भन्दै नेपाल बारको आपत्ति | शुक्रबारदेखि नदीकिनारका अतिक्रमित बस्ती हटाइने | पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन सुरु हुन्छ : सभापति रवि लामिछाने | ‘स्ट्रीङ अप्रेसन’ तीव्र हुँदा अख्तियारको हिरासत ‘हाउसफुल’ | काठमाडौंमा ७० किमि प्रतिघण्टा वेगको हावाहुरी अझै १२ घण्टा असर रहने | सरकारलाई गगन थापाको चेतावनी, ‘यस्तै रवैया रहे सडकमा उत्रिन्छौँ’ | क्रिकेट विश्वकप लिग–२ मा ओमानले दियो नेपाललाई चुनौतीपूर्ण लक्ष्य | रास्वपा संसदीय दलमा बालेन अनुपस्थित ! अध्यादेशलगायत विषयमा छलफल | कांग्रेस संसदीय दल : बासना थापा प्रमुख सचेतक निश्कल राई सचेतक नियुक्त |

काठमाडौँ उपत्यकाका नदीकिनारमा बनेका सुकुम्बासी तथा अतिक्रमित बस्ती हटाउने प्रक्रिया शुक्रबार बिहानदेखि सुरु हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

प्रशासनका अनुसार सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरेर बनाइएका बस्तीहरूलाई एकैसाथ हटाउने तयारी गरिएको छ। शुक्रबार बिहान ७ बजेदेखि काठमाडौँका विभिन्न स्थानमा डोजर प्रयोग गरी बस्ती हटाउने कार्य अघि बढाइने जनाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा नदी किनारका बस्तीहरू मानविय उद्धार तथा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि हटाउन लागिएको उल्लेख गरिएको छ।

प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका घरटहरा तत्काल खाली गर्न आग्रह गरेको छ। वैशाख १७ गते साँझसम्म पूर्ण रूपमा बस्ती खाली गर्न सबैलाई अनुरोध गरिएको छ।

सूचनामा बिरामी, अशक्त, ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिकालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न भनिएको छ। आवश्यक परे नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोग लिन सकिने व्यवस्था गरिएको छ भने एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा रहने जनाइएको छ।

व्यक्तिगत सामान र पशुपन्छी स्थानान्तरणका लागि सुरक्षाकर्मीबाट सहयोग उपलब्ध गराइने प्रशासनले जनाएको छ। साथै, वास्तविक रूपमा आश्रय आवश्यक परेका परिवारका लागि वैकल्पिक बसोबासको व्यवस्था गरिने र भूमिहीनको पहिचान गरी दीर्घकालीन समाधानतर्फ काम अघि बढाइने बताइएको छ।

प्रशासनले गलत हल्ला वा अफवाहमा नलाग्न आग्रह गर्दै नक्कली भूमिहीन पहिचान गरी कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ।

सूचना अटेरी गरी बस्ती खाली नगरेमा हुनसक्ने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिमै रहने प्रशासनको भनाइ छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय