२०८३ असार २ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याएको कदमलाई लोकतन्त्रविरुद्ध भएको बताएका छन्।

रुकुम पश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सदन छलेर अध्यादेश ल्याउनु असहज र अस्वीकार्य भएको बताए। उनले बोलाइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु संवैधानिक मान्यताविपरीत भएको उल्लेख गरे।

प्रचण्डले यस्तो कदम नदोहो¥याउन सरकारलाई पहिले नै सचेत गराइएको पनि बताए। उनले अध्यादेश राष्ट्रपतिकहाँ पुगिसकेको भन्दै अबको अवस्थाबारे हेर्न बाँकी रहेको प्रतिक्रिया दिए।

उनका अनुसार विशेष अवस्थामा मात्रै अध्यादेश आवश्यक हुने भए पनि सदन बोलाएर पनि बैठक नबसालेर अध्यादेश ल्याउनु गलत अभ्यास हो। उनले संवैधानिक परिषद्मा आफ्ना पक्षका व्यक्तिहरू राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको आरोपसमेत लगाए।

यसैबीच उनले सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति पनि असन्तुष्टि जनाएका छन्। काठमाडौंबाट सुरु गरिएको यस्तो अभियान देशभर विस्तार गर्न खोजिएको भन्दै उनले विरोध जनाए।

प्रचण्डले वैकल्पिक व्यवस्था नगरी र वास्तविक सुकुम्बासीको पहिचान नै नगरी बल प्रयोग गरेर बस्ती हटाउनु गलत भएको बताए। उनले गरिब तथा निमुखा नागरिकलाई असर पर्ने गरी गरिएको कार्यप्रति असन्तुष्टि व्यक्त गरे।

उनले वास्तविक अवस्थाको अध्ययन गरेर र उचित विकल्प सुनिश्चित गर्दै सहमतिमा समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय