२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

वैशाख शुक्ल पूर्णिमाका अवसरमा आज देशभर बुद्ध जयन्ती मनाइँदै छ।

विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५७०औँ जयन्तीका रूपमा यो पर्व बुद्धप्रति श्रद्धा र भक्तिभावका साथ मनाउने परम्परा छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण यही तिथिमा परेको विश्वासका आधारमा विशेष रूपमा मनाइन्छ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा र विहारहरूमा पुगेर पूजा, आराधना तथा प्रवचनमार्फत बुद्धका शिक्षाको स्मरण गरिरहेका छन्।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत विभिन्न धार्मिक स्थलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। लामा तथा बौद्ध धर्मगुरुहरूको उपस्थितिमा परम्परागत विधिअनुसार पूजा सम्पन्न गर्ने क्रम जारी छ।

“अहिंसा नै शान्ति र मैत्रीको आधार हो” भन्ने सन्देशका वाहक भगवान् गौतम बुद्धको शिक्षालाई स्मरण गर्दै देशभर शान्तिको कामना गरिएको छ।

इतिहासअनुसार इसापूर्व ५६३ मा रुपन्देहीको लुम्बिनीमा राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट सिद्धार्थ गौतमको जन्म भएको थियो।

राजकुमारका रूपमा जन्मिएका सिद्धार्थ गौतमले मानव जीवनका दुःख देखेपछि २९ वर्षको उमेरमा दरबार त्यागेर तपस्याको मार्ग रोजेका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय