२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

काठमाडौं उपत्यकामा नदी किनार र अतिक्रमित क्षेत्रमा रहेका बस्ती हटाउने अभियानअन्तर्गत आजदेखि बागमती करिडोरमा अवैध संरचना भत्काउन थालिएको छ।

यस क्रममा बल्खु क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन डोजर परिचालन गरिएको छ। उक्त स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।

आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु र माछापोखरीलगायत क्षेत्रमा अतिक्रमित जग्गा खाली गराउने तयारी गरिएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बस्ती खाली गर्न बिहीबार साँझसम्मको समय दिएको थियो। सोही सूचनाअनुसार अहिले हटाउने कार्य अघि बढाइएको हो।

पहिलो चरणअन्तर्गत सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्तीहरू भने यसअघि नै खाली गरिसकिएको छ।

स्थानीय बासिन्दाले बुधबारदेखि नै आफ्ना सामान अन्यत्र सार्न थालेका थिए।

प्रशासनले अभियानलाई निरन्तरता दिँदै अन्य क्षेत्रका अतिक्रमित संरचना पनि क्रमशः हटाउँदै जाने जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय