२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा राखिएको भन्दै आपत्ति जनाएको छ।

सोमबार सुरु भएको बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काँग्रेसका सचेतक निश्कल राईले यस्तो व्यवस्थामाथि प्रश्न उठाएका हुन्।

उनले प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा राखिएको व्यवस्थाले सांसदलाई अन्य नागरिकभन्दा फरक विशेष सुविधा दिन खोजिएको टिप्पणी गरे।

“भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन ? संसद्, संसदीय समिति र सांसदलाई अन्य कानुनले छुनै नसक्ने हामी यति सुप्रिम कसरी हुन सक्छौं ?” भन्दै उनले संसद् कानुनभन्दा माथि हुन नसक्ने बताए।

राईले उक्त व्यवस्था भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनसँग समेत बाझिने दाबी गरे।

उनले सरकारद्वारा ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि पनि आपत्ति जनाए। ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनालाई बहुमत मान्ने प्रावधान संविधानको मर्मविपरीत रहेको उनको भनाइ थियो।

काँग्रेसले संसद् नियमावली र अध्यादेशका केही प्रावधानले लोकतान्त्रिक अभ्यास तथा संवैधानिक मान्यतामाथि असर पार्ने भन्दै पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय