२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

राष्ट्रिय जेनजी नागरिक अभियानले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

सोमबार ललितपुरको हरिहर भवनस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि अभियानमा आबद्ध व्यक्तिहरूले धर्ना तथा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले “मानव अधिकार आयोगको प्रतिवेदनको हत्या भयो”, “मानव अधिकार किन चुप ?”, “सरकारसँग भयो कि घुसपैठ ?”, “सरकारदेखि डरायो, प्रतिवेदन हरायो” लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।

उनीहरूले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरेर तयार पारिएको भनिएको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रदर्शनमा सहभागीहरूले सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गर्दै आयोगमाथि प्रतिवेदन लुकाएको आरोप लगाए।

प्रदर्शनका क्रममा केही व्यक्तिले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय