२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सुकुम्बासी बस्तीमाथि गरेको कारबाहीप्रति कडा असन्तुष्टि जनाउँदै सरकारको शैलीलाई ‘आतंकवादी गतिविधि’सँग तुलना गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता शाहीले सुकुम्बासी बस्तीमा डोजर चलाउने काम अमानवीय भएको टिप्पणी गरे।

उनले सरकारलाई प्रश्न गर्दै भने, “यो सरकार हो कि आतंकवादी?”

शाहीले अवैध संरचना हटाउने काम आवश्यक भए पनि गरिब र सुकुम्बासीमाथि डोजर चलाएर विकास सम्भव नहुने बताए। उनले सरकारका मन्त्रीहरूलाई लक्षित गर्दै २४ घण्टाभित्र घर खाली गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न पनि उठाए।

उनले भने, “तपाईंहरू बसिरहेको घर २४ घण्टामा खाली गर्नुस्, सक्नुहुन्छ? डेरा सर्न समय चाहिन्छ। सरकारी सम्पत्ति जोगाउनुपर्छ भन्नेमा म सहमत छु। अवैध संरचना हटाउनुपर्छ, तर मानवीय संरचनामाथि डोजर चलाएर विकास हुँदैन।”

शाहीले सुकुम्बासीभन्दा ‘हुकुमवासी मानसिकता’माथि सरकारले प्रहार गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। सुकुम्बासीको नाममा गलत काम गर्नेहरूलाई सरकारले संरक्षण गरेको आरोप लगाउँदै उनले सरकार मौन बसेको दाबी गरे।

उनका अनुसार मन्त्रिपरिषद्का केही सदस्यसमेत ‘हुकुमवासी’ रहेको प्रमाण हुँदा पनि त्यहाँ कारबाही नभएको बताए।

सुकुम्बासी बस्ती हटाउने क्रममा दुई जनाले आत्महत्या गर्नुपरेको उल्लेख गर्दै शाहीले नागरिकको जीवन सुरक्षा सरकारको मुख्य दायित्व भएको स्मरण गराए।

उनले सरकारले गरिब र सुकुम्बासीहरूमाथि डोजर चलाएर मानवीयतामाथि नै प्रहार गरेको आरोप समेत लगाए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय