२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)  प्रतिनिधि सभाको बैठक छोडेर बाहिरिएका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले नियमापत्ति गरेपछि संसद्मा विवाद उत्पन्न भएको थियो। रास्वपाका सांसदले मंगलबार Ram Bahadur Thapa ले बोलेका केही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ती शब्द संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए।

रास्वपाको मागपछि सभामुख डोलप्रसाद अर्यालले एमाले नेता बादलले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।

सभामुखको उक्त आदेशको विपक्षी दलहरूले विरोध जनाएका थिए। विपक्षी सांसदहरू उठेर विरोध गरिरहँदा पनि सभामुखले आफ्नो धारणा राखिरहेपछि थप असन्तुष्टि देखिएको थियो।

विपक्षीको कुरा नसुनिएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ बैठक छोडेर बाहिरिएका हुन्। उनीसँगै श्रम संस्कृति पार्टीका अन्य सांसदहरू पनि बैठकबाट बाहिरिएको जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय