२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारी कदमविरुद्ध अखिल नेपाल सुकुम्बासी संघले बिहीबार चक्काजाम गर्ने घोषणा गरेको छ।

संघले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गुठी तथा बिर्ता पीडित समुदायमाथि भइरहेको कथित जबर्जस्ती उठीवास र डोजर अभियानविरुद्ध आन्दोलन चर्काउने जनाएको हो।

संघका अध्यक्ष अमर परियारले अदालतले सुकुम्वासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसक्दा पनि कोहलपुरमा बस्तीमाथि डोजर चलाइएको भन्दै आपत्ति जनाए।

उनले सरकारलाई सर्वोच्च अदालतको आदेशको अवहेलना गरेको आरोप समेत लगाए। साथै, सरकारी निकाय मात्र नभई नेपाली सेना समेत विवादमा तानिने गरी हस्तक्षेपमा संलग्न भएको दाबी गर्दै त्यसको विरोधमा संघर्ष गर्ने चेतावनी दिए।

संघले यसअघि वैशाख ११ गते पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ।

नयाँ कार्यक्रमअनुसार वैशाख ३१ गते बिहान ६ बजेदेखि १० बजेसम्म देशव्यापी चक्काजाम गरिनेछ। सो अवधिमा सवारी साधन सञ्चालन नगरी आन्दोलनलाई सहयोग गर्न संघले यातायात व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय