२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रतिनिधि सभा बैठक भोलि वैशाख ३१ गते बिहान ११ बजे बस्ने भएको छ।

विपक्षी दलको लगातार अवरोधपछि सभामुख डीपी अर्यालले बुधबारको बैठक स्थगित गर्दै अर्को बैठकको समय तय गरेका हुन्।

सभामुख अर्यालका अनुसार भोलिको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहनेछ।

उनले सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन तथा प्रधानमन्त्रीबाट जवाफ दिनका लागि प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम बैठक तोकिएको जानकारी गराए।

सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा प्रधानमन्त्री शाह स्वयं उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले बुधबार तीन पटकसम्म बैठक अवरुद्ध गरेका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय