
प्रतिनिधि सभामा रहेका विपक्षी पाँच दलले बिहीबारको संसद बैठक बहिष्कार गरेका छन्।
प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सुरु गरेपछि विपक्षी दलका सांसदहरू बैठक छाडेर बाहिरिएका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका हुन्।
विपक्षी दलहरूको विरोधकाबीच अर्थमन्त्री वाग्लेले संसदमा सम्बोधन गरेका थिए।
विपक्षी दलहरूले भने सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह स्वयं उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका छन्।
तर प्रधानमन्त्री संसदमा उपस्थित नभई आफ्नो तर्फबाट अर्थमन्त्रीलाई जवाफ दिन पठाएपछि विपक्षी दलहरूले आपत्ति जनाएका हुन्।
सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधकै बीच प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिन समय दिएका थिए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
