२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

आज देशका सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

आइतबार दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशको तराई क्षेत्रमा समेत एक–दुई स्थानमा पानी पर्ने सम्भावना छ।

महाशाखाले केही हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

मधेस प्रदेश र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ।

यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

रातिको समयमा भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ। कर्णाली प्रदेशको हिमाली भूभाग र मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

राति पनि कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय