२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो सिफारिस योग्यता र क्षमताको आधारमा भएको बताएका छन्। प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता मात्रै निर्णायक मापदण्ड नहुने उनको तर्क छ।

मंगलबार भएको संसदीय सुनुवाइका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शर्माले प्रधानन्यायाधीश नियुक्तिलाई सामान्य बढुवाको रूपमा नभई संवैधानिक नियुक्तिको रूपमा बुझ्नुपर्ने धारणा राखे।

उनले भने, “प्रधानन्यायाधीशको नियुक्तिलाई बढुवाको रूपमा नलिइकन नियुक्तिको रूपमा लिनुपर्छ। यसमा वरिष्ठताको मापदण्ड बलियो आधार हुन्छ जस्तो लाग्दैन। संवैधानिक परिषद्बाट प्रक्रिया पूरा गरेर निर्णय भएको विषय भएकाले मैले धेरै बोलिरहनुपर्छ जस्तो लागेको छैन।”

सुनुवाइका क्रममा आफूविरुद्ध उठाइएको ‘नेपोबेबी’ आरोपबारे पनि शर्माले प्रतिक्रिया दिएका थिए। उनले आफ्नो न्यायिक यात्रा योग्यता र कार्यसम्पादनकै आधारमा अघि बढेको दाबी गरे।

“नेपोबेबी भन्ने विषयलाई कसरी लिने भन्ने मलाई थाहा छैन,” उनले भने, “योग्यता र क्षमताले एउटा अवधि पूरा गरेर पुनरावेदन अदालतमा न्यायाधीश नियुक्त भएको हुँ। त्यहाँ कार्यसम्पादन पूरा गरेर संविधानले पद रिक्त गरेपछि पुनः कानुन व्यवसायमा फर्किएँ र फेरि नियुक्ति पाएर सर्वोच्च आएको हुँ।”

शर्माले आफ्नो पारिवारिक सम्बन्धकै आधारमा अयोग्य भन्न नमिल्ने तर्क पनि गरे। उनले कुनै व्यक्तिको पारिवारिक नाताका कारण संवैधानिक पदका लागि अयोग्य हुने कानुनी व्यवस्था वा न्यायिक मान्यता आफूलाई जानकारी नभएको बताए।

“सबैले आ–आफ्नो धारणा बनाउन सक्छन्। तर मेरो योग्यता र क्षमतामाथि प्रश्न उठ्ने ठाउँ छैन,” उनले भने।

प्रधानन्यायाधीशमा सिफारिस भएपछि शर्माको नामलाई लिएर न्यायिक वृत्त र राजनीतिक क्षेत्रमा विभिन्न बहस भइरहेको छ। अहिले उनको संसदीय सुनुवाइ प्रक्रिया जारी रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय