२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राजेन्द्र राई ले बाँदरको समस्या नियन्त्रण गर्न सरकारलाई ७ दिनको समय दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमाले का सांसद राईले अहिले जनताले सबैभन्दा बढी भोगिरहेको समस्या बाँदर आतंक भएको बताए।

उनले गाउँघरमा बाँदरका कारण किसानले खेती जोगाउनै नसक्ने अवस्था आएको उल्लेख गर्दै तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए।

सांसद राईले भने, “तत्काल रूपमा बाँदरको समस्या समाधान गर्नका निम्ति सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु। बाँदर नियन्त्रणका लागि आवश्यक कानुन होस् वा अन्य कुनै माध्यम, सरकारले अब छिटो कदम चाल्नुपर्छ।”

उनले सरकारले समस्या समाधानतर्फ गम्भीर पहल नगरे संसद्मा थप दबाब बढ्ने चेतावनी पनि दिए।

“अब ७ दिनपछि सबै सदस्यहरूले यही विषय उठाउनुहुन्छ, त्यसपछि सदन चलाउनै गाह्रो हुन्छ,” उनले भने।

सांसद राईले सरकारले सात दिनभित्र स्पष्ट जवाफ र ठोस योजना ल्याउनुपर्ने मागसमेत गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय