२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘लालीबजार’ले प्रदर्शनको दुई सातामै ५ करोड २५ लाख रुपैयाँ कमाइ गरेको छ।

गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको फिल्मले जेठ ७ गते बेलुकासम्म उक्त कमाइ गरेको निर्माण कम्पनीले जनाएको हो।

फिल्म निर्माण कम्पनी षट्कोण आट्सका प्रमुख तथा निर्माता म्याक्स दीपेश खत्रीले फिल्मको व्यापार उत्साहजनक रहेको बताए। उनका अनुसार तेस्रो सातामा पनि राम्रो ‘शो’ संख्या पाएकाले आगामी दिनमा कमाइ अझ बढ्ने अपेक्षा गरिएको छ।

निर्माता खत्रीले दर्शकबाट प्राप्त साथ र प्रतिक्रियाले टोली उत्साहित बनेको बताए। उनले मनोरञ्जनसँगै शिक्षाको महत्व र समाजमा त्यसले पार्ने प्रभावलाई फिल्ममार्फत प्रस्तुत गर्न खोजिएको उल्लेख गरे।

फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले दर्शकले फिल्मको सन्देश र विषयवस्तु सकारात्मक रूपमा ग्रहण गरेको बताइन्।

उनले देशका विभिन्न सहरमा पुगेर दर्शकसँग प्रतिक्रिया लिँदा अधिकांशले फिल्मको कथा, निर्देशन र अभिनयको प्रशंसा गरेको जानकारी दिइन्।

फिल्ममा रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा र प्रशंसा सुवेदीलगायत कलाकारको अभिनय रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय