२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

आज देशका विभिन्न क्षेत्रमा वर्षा, मेघगर्जन, चट्याङ र हुरीबतासको सम्भावना रहेको छ भने केही प्रदेशमा अत्यधिक गर्मी र तातो लहरको जोखिम पनि देखिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु, स्थानीय वायु तथा देशको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम मिश्रित रहने जनाएको हो ।

महाशाखाले आइतबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार कोसी, बागमती र गण्डकी प्रदेशमा दिनभर सामान्यदेखि आंशिक बदली रहनेछ । मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।

दिउँसोपछि भने कोसी प्रदेशका केही स्थानसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मधेस प्रदेशका केही तराई क्षेत्र, बागमती र गण्डकीका तराई भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

मौसम महाशाखाका अनुसार मधेस र कोसी प्रदेशका केही तराई क्षेत्रमा हुरी चल्ने सम्भावना पनि रहेको छ । विशेषगरी अपराह्नपछि हावाहुरीको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पनि आज साँझपख वर्षाको सम्भावना रहेको छ ।

उनका अनुसार दिनभर घाम र बादल दुवै देखिने भए पनि अपराह्नपछि मौसम परिवर्तन हुने संकेत देखिएको छ । मौसमविद्हरूले चट्याङ र हावाहुरीको समयमा खुला ठाउँमा नबस्न, आवश्यक सतर्कता अपनाउन तथा यात्रा गर्दा मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै निस्किन आग्रह गरेका छन् ।

मौसम महाशाखाले रातिको समयमा पनि कोसी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना कायम रहने जनाएको छ । मधेस, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा समेत मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

विभागले तातो लहर प्रभावित क्षेत्रका नागरिकलाई दिउँसोको समयमा अत्यधिक घाममा बाहिर ननिस्किन, प्रशस्त पानी पिउन र स्वास्थ्यमा समस्या देखिए तुरुन्त चिकित्सकको सल्लाह लिन पनि आग्रह गरेको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय