२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

सरकारले डा. श्रीकृष्ण गिरीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी दिएको छ।

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले डा. गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्षको जिम्मेवारी तोकेको जनाएको छ।

डा. गोविन्द केसीको मागअनुसार नै प्रधानमन्त्री शाहले आयोगको पूर्वउपाध्यक्षलाई तत्कालका लागि जिम्मेवारी दिएका हुन्।

सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनीकुमार झासहितका पदाधिकारी पदमुक्त भएका थिए। पदाधिकारी पदमुक्त भएपछि आयोगको उपाध्यक्ष पद रिक्त रहेको थियो।

यसअघि पनि डा. गिरी नै आयोगको उपाध्यक्ष रहेका थिए। उनी आयोगका पहिलो उपाध्यक्षसमेत हुन्।

मंगलबार उनले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। आयोगको कार्यालय पुगेर उनले कामकाज सुरु गरिसकेको जानकारी दिएका छन्।

स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले सोमबार विज्ञप्ति जारी गर्दै अर्को व्यवस्था नहुँदासम्म आयोगको कामकाज सञ्चालनका लागि जिम्मेवारी तोक्न सरकारलाई आग्रह गरेका थिए। उनले तत्कालका लागि पहिले नेतृत्व गरिसकेका व्यक्तिलाई नै जिम्मेवारी दिन उपयुक्त हुने सुझाव दिएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय