२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

रिब एक दशकअघि राष्ट्रपति बनेसँगै औपचारिक रूपमा राजनीति छाडेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज (शनिबार) नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गर्न लागेकी छन्।

पूर्व नेता एवं पति मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजित मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा भण्डारीले पार्टी राजनीतिमा औपचारिक पुनरागमनको घोषणा गर्ने तयारी गरेका हुन्।

राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारी २०७२ कात्तिक ११ मा राष्ट्रपति निर्वाचित भएकी थिइन् भने २०७९ फागुन २९ मा दोस्रो कार्यकाल पूरा गरेपछि शीतल निवासबाट बाहिरिएकी थिइन्। त्यसयता उनी एमाले नेताहरूलाई भेट्दै सार्वजनिक कार्यक्रममा सक्रिय देखिएकी थिइन्।

कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम छ। ओली आजै साँझ स्पेन प्रस्थान गर्ने कार्यक्रम रहेकाले दिनको कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ।

एमाले भित्र हाल पार्टी नेतृत्वमा असन्तुष्ट नेताहरूले विद्या भण्डारीलाई पार्टी नेतृत्व सम्हाल्न दबाब दिँदै आएका छन्। भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनसँगै एमालेको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आउने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय