२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत | बाढीपहिरोले भत्काएका सडक पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने अनुमान | अब पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जाँचबुझ आयोगको घेरामा | निर्वाचन सरकारको पहिलो प्राथमिकता : सञ्चारमन्त्री जगदीश खरेल | नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई पराजित गर्दै पार्‍यो टी–२० सिरिज आफ्नो पक्षमा | जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  |

रिब एक दशकअघि राष्ट्रपति बनेसँगै औपचारिक रूपमा राजनीति छाडेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज (शनिबार) नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गर्न लागेकी छन्।

पूर्व नेता एवं पति मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजित मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा भण्डारीले पार्टी राजनीतिमा औपचारिक पुनरागमनको घोषणा गर्ने तयारी गरेका हुन्।

राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारी २०७२ कात्तिक ११ मा राष्ट्रपति निर्वाचित भएकी थिइन् भने २०७९ फागुन २९ मा दोस्रो कार्यकाल पूरा गरेपछि शीतल निवासबाट बाहिरिएकी थिइन्। त्यसयता उनी एमाले नेताहरूलाई भेट्दै सार्वजनिक कार्यक्रममा सक्रिय देखिएकी थिइन्।

कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम छ। ओली आजै साँझ स्पेन प्रस्थान गर्ने कार्यक्रम रहेकाले दिनको कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ।

एमाले भित्र हाल पार्टी नेतृत्वमा असन्तुष्ट नेताहरूले विद्या भण्डारीलाई पार्टी नेतृत्व सम्हाल्न दबाब दिँदै आएका छन्। भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनसँगै एमालेको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आउने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय