२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

 सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको ११ महिनामा ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० मूल्य पर्ने भन्सार छली तथा बिलबीजक नभएको सामान बरामद गरेको छ ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै गत आर्थिक वर्षको १२ महिनाको तुलनामा चालु आवको असार १० गतेसम्मको अवधिमा भने तीन करोड ९० लाख ४४ हजार छ सय ६ मूल्य पर्ने भन्सारछली तथा बिलबीजक नभएका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमालले गत आव भरिको तुलनामा चालु आर्थिक वर्षको ११ महिना १० दिनको अवधिमा भन्सार छली गरेर भित्राइने वस्तु तथा सामानको बरामद उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए ।

‘गत आव भरिमा भन्सार छली गरेर भित्रिएका १४ करोड ९९ लाख पाँच हजार पाँच सय २८ मूल्य बराबरका अवैध समान वीरगन्ज भन्सार कार्यालयलाई बुझाएका थियौं,’उनले भने,‘चालु आवमा भने भन्सार छली गरेर भित्रिएका २७ करोड ५६ लाख ५६ हजार चार सय ८७ रकम मूल्य पर्ने अवैध सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेका छौं ।’

गणपति धिमालले सशस्त्र प्रहरीले भन्सार कार्यालयसँगको सहकार्यमा शंकास्पद गोदामको नियमित अनुगमनको क्रममा भन्सार छलीका सामान बरामद हुने क्रम ह्वातै बढेको बताए ।

‘हामीले भन्सार छली गरेर ल्याउनेलाई सुक्ष्म निगरानीमा राख्दै आइरहेका हुन्थ्यौं,’उनले भने,‘भन्सार कार्यालयसँगको समन्वयमा छापा मार्दा पनि उल्लेखनीय मात्रामा भन्सार छलीका सामान बरामद भएका हुन् ।’

सशस्त्र प्रहरीले बिलबीजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयाँ बुझाउँदै आइरहेको छ ।

सशस्त्र प्रहरीले चालु आवको जेठ १० गतेसम्मको अवधिमा बिलबीजक नभएका १० करोड ७१ लाख २३ हजार चार सय तीन मूल्य पर्ने सामान राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ ।

जबकी गत आवभरिमा भने सशस्त्र प्रहरीले बिलबीजकअनुसार नभएका १९ करोड ३८ लाख २९ हजार सात सय ५६ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । गणपति धिमालले सीमा सुरक्षामा खटिने प्रहरीले सक्रियता बढाएसँगै राजस्व सङ्कलनमा पनि तिव्रता पाएको बताए।

‘सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपाट्र्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ,’’ उनले भने,‘‘पछिल्लो समय सशस्त्र प्रहरीले सीमा नाकामा सीसीक्यामेरा, नाकामा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आएकाले पनि अवैध सामानको बरामद हुने क्रममा तिव्रता पाएको हो ।’

सशस्त्र प्रहरीले चालु आवमा स्रोत नखुलेको (हुण्डी) एक करोड १५ लाख ९४ हजार पाँच सय २२ रकम पनि बराबद गरेको छ । गत आव भरिमा सशस्त्र प्रहरीले रु ७९ लाख २६ हजार दुई सय ६५ स्रोत नखुलेको रकम बरामद गरेको छ । त्यस्तै चालु आवमा ४२ लाख मूल्य पर्ने एक हजार पाँच सय ९६ क्यूफिट काठ बरामद गरेको छ । गत आवभरिमा भने ४० लाख ९३ हजार तीन सय ५५ मूल्य पर्ने एक हजार पाँच सय ५४ क्यूफिट काठ बरामद गरेको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय