२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तालाई फलदायी र महत्वपूर्ण संवादका रूपमा व्याख्या गरेका छन्।

भारत भ्रमणमा रहेका लामिछानेले बुधबार प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए। भेटपछि मोदीले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गरेका थिए। सोही तस्बिर पुनः साझा गर्दै लामिछानेले आफू एक घण्टा लामो उत्पादनमूलक छलफलमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका छन्।

लामिछानेले प्रधानमन्त्री मोदीले अघि सारेको ‘विकास कूटनीति’को अवधारणाप्रति आफू सहमत रहेको बताएका छन्। उनका अनुसार नेपाल र भारतले विगतका सीमित सोचभन्दा माथि उठेर विकास र समृद्धिमा केन्द्रित नयाँ साझेदारी निर्माण गर्न आवश्यक छ।

उनले नेपाल–भारत सम्बन्धलाई साझा सभ्यता, संस्कृति, प्रविधि र कनेक्टिभिटीसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका छन्। डिजिटल कोरिडोर, सहज आवागमन र आर्थिक सहकार्यलाई प्राथमिकता दिँदा दुवै देशबीच विश्वास र विकासमा आधारित सम्बन्ध अझ बलियो बन्ने उनको विश्वास छ।

लामिछानेले दुई देशका जनताको साझा हित र समृद्धिका लागि नयाँ सम्भावनालाई व्यवहारमा उतार्नुपर्ने उल्लेख गरेका छन्। उनले नेपाल र भारतबीचको सहकार्यलाई थप विस्तार गर्दै विकासमुखी साझेदारी निर्माण गर्न रास्वपा सकारात्मक रहेको पनि बताएका छन्।

भारत भ्रमणका क्रममा लामिछानेले प्रधानमन्त्री मोदीसँगै भारतीय राजनीतिक नेतृत्वका विभिन्न उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरिरहेका छन्। रास्वपाले यस भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने अवसरका रूपमा प्रस्तुत गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय