२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

थ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा बिहीबार बिहान एम्बुलेन्स र मिनी ट्रक एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी थर्पुका अनुसार बिहान करिब ६ः२० बजे पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु प्र ०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स ठोक्किएका थिए।

दुर्घटनामा एम्बुलेन्समा सवार ६ जना र मिनी ट्रक चालक घाइते भएका हुन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये दुई जनाको झरौटास्थित जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। अस्पतालका अनुसार एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका–२ का २४ वर्षीय कुशल परियार र सोही ठाउँकी ६१ वर्षीया जुनराखी बुढा मगरको अवस्था मध्यम छ।

यस्तै, दमौलीस्थित प्रादेशिक अस्पतालमा चार जनाको उपचार भइरहेको छ। तीमध्ये रोल्पा थवाङ गाउँपालिका–२ की २५ वर्षीया अञ्जना बुढा मगरको अवस्था गम्भीर रहेको छ। उनको अनुहार, छाती, टाउको तथा दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

प्रादेशिक अस्पतालमै उपचाररत अन्य घाइतेमा अञ्जनाका ३ वर्षीय छोरा युवान बुढा मगर, पूर्वी रुकुमको भूमे गाउँपालिका–७ की ३६ वर्षीया चिजमाया घर्ती र रोल्पा थवाङ–२ का ६० वर्षीय धनप्रसाद बुढा मगर रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।

धनप्रसाद बुढा मगर स्पाइनल हड्डी फ्याक्चरका पुराना बिरामीसमेत रहेको जनाइएको छ।

दुर्घटनामा घाइते भएका मिनी ट्रक चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३८ वर्षीय महेन्द्र रानाभाटको पनि उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय