२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

राष्ट्रिय जेनजी नागरिक अभियानले पूर्वगृहमन्त्री तथा वर्तमान सांसद सुधन गुरुङमाथि प्रहरी हिरासतमै पुगेर आफ्ना अगुवाहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ। अभियानले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

बिहीबार अभियानका संयोजक सुनिल सिंह र सहसंयोजक अजय सोडारीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोप सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा जेनजी अभियानका अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरूलाई काठमाडौंको सोह्रखुट्टेस्थित प्रहरी वृत्त लैनचौरको हिरासतमा राखिएको थियो। विज्ञप्तिअनुसार नियन्त्रणमा लिएको करिब एक घण्टापछि पूर्वगृहमन्त्री गुरुङ हिरासत कक्षमा पुगेका थिए।

अभियानले जारी गरेको विज्ञप्तिमा गुरुङले अस्वाभाविक, अमर्यादित तथा दबाबमूलक व्यवहार गरेको आरोप लगाइएको छ। उनीहरूले ‘तपाईंहरू कोबाट परिचालित हुनुहुन्छ’, ‘यो अन्तिम मौका हो’, ‘अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ’ र ‘सरकारविरुद्ध बोल्न बन्द गर्नुहोस्’ जस्ता अभिव्यक्ति प्रयोग गर्दै मानसिक दबाब सिर्जना गर्ने प्रयास गरिएको दाबी गरेका छन्।

जेनजी अभियानले हिरासतमा रहँदा प्रहरीबाट पनि उचित व्यवहार नभएको गुनासो गरेको छ। हिरासतमा राखिएका व्यक्तिलाई पिउने पानीसमेत उपलब्ध नगराइएको आरोप विज्ञप्तिमा उल्लेख छ।

अभियानले सम्पूर्ण घटनाको स्वतन्त्र छानबिन गरी जिम्मेवार व्यक्ति तथा निकायमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय