२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपालीका सभापति गगन थापाले सम्पत्ति छानबिन प्रक्रियाबारे कटाक्ष गर्दै सरकारमाथि प्रश्न उठाएका छन्।

गोरखामा एक कार्यक्रममा बोल्दै  सभापति थापाले सरकारमा रहेका व्यक्तिहरूले आफ्नो सम्पत्तिको स्रोत स्पष्ट रूपमा देखाउनुपर्ने बताएका छन्। उनले आफूहरू पारदर्शिताका लागि तयार रहेको उल्लेख गर्दै सरकार पक्षलाई पनि त्यही स्तरको जवाफदेहिता देखाउन आग्रह गरे।

उनले भने, “हामी जसरी हिम्मत गरिरहेका छौँ, तपाईँहरू प्रधानमन्त्री, मन्त्री बन्नुभएको छ, त्यो प्रधानमन्त्री मन्त्री बन्दै गर्दा जुन तपाईँले आफ्नो सम्पत्ति देखाउनु भएको छ, कोही भर्खरका नौजवान साथीहरू हुनुहोला, तपाईँहरूसँग हुनुहुन्न भन्ने कुरा होइन। तर नागरिकको स्तरमा यो उमेरमा तपाईँहरूसँग यति धेरै सम्पत्ति कहाँबाट आएछ भनेर सोध्दै गर्दा वैध स्रोत देखाउन सक्नुहुन्छ? त्यो साहस तपाईँहरूसँग छ कि छैन?”

उनले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनप्रति पनि टिप्पणी गर्दै सरकारको प्रक्रिया नै विवादास्पद बनेको संकेत गरे।

उनको भनाइमा, “अहिले तपाईँहरूकै जिल्लाको देखाएको जस्तो झाँक्री पनि आफैँ बोक्सी पनि आफैँ, कालेकाले मिलेर खाऊँ भाले भनेर होइन। यस्तो झन्झट किन गरिराखेको? पहिल्यै होइन भन्देको भए भइहाल्यो?” भन्ने कटाक्ष समावेश थियो।

थापाको उक्त टिप्पणीसँगै राजनीतिक वृत्तमा छानबिन र पारदर्शिताबारे बहस पुनः चर्किएको छ

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय