२०८३ आश्विन २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सर्वोच्च अदालतले संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सम्बन्धी विवादमा आज फैसला सुनाउने भएको छ।

साढे चार वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा अध्यादेशमार्फत गरिएको नियुक्तिविरुद्ध परेका १५ वटा रिटमा संवैधानिक इजलासले आज निर्णय सुनाउन लागेको हो।

गत जेठ १ गते संवैधानिक इजलासले सुनुवाइ सकेर अधिवक्ताहरुलाई १६ गतेभित्र बहस नोट बुझाउन आदेश दिएको थियो। निर्णय जेठ २८ मा सुनाउने भनिए पनि पछि असार १८ गतेका लागि मिति तोकिएको हो।

१३ वटा संवैधानिक निकायका ६१ पदमध्ये रिक्त ५२ पदमा २०७७ मंसिरमा ३२ र २०७८ वैशाखमा २० गरी नियुक्तिको सिफारिस भएको थियो। प्रतिनिधिसभा विघटनपछि संसदीय सुनुवाइ नहुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय नियमावलीको व्यवस्थालाई आधार मानेर सिफारिसको ४५ दिनभित्र नियुक्तिहरू स्वीकृत गरेकी थिइन्।

रिट निवेदकहरूले नियुक्ति प्रक्रिया अध्यादेशमार्फत गरिएको भन्दै असंवैधानिक ठहर गर्न माग गरेका छन्।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमाल चुडाल र नहकुल सुवेदी सम्मिलित इजलासले मुद्दाको अन्तिम सुनुवाइपछि आज फैसला सुनाउन लागेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय