२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

चर्चित सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साह सोमबार साँझ हाजिर जमानीमा रिहा भएका हुन्। प्रहरीका अनुसार उनले पीडित पक्षलाई ठगी सम्बन्धी बिगो रकम बुझाएपछि थप हिरासतमा राख्न आवश्यक नदेखिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले साहले पीडितलाई रकम बुझाएको प्रमाण पेश गरेपछि हाजिर जमानीमा रिहा गरिएको जानकारी दिए।

प्रहरीका अनुसार साहले चार लाख ५० हजार रुपैयाँ बिगो रकम बुझाएका छन्।

यसअघि ठगी सम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गत शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

शकुन्तला अधिकारीको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले साहलाई नियन्त्रणमा लिएको थियो।

उनीविरुद्ध ठगी सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय