२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

फिफा विश्वकपअन्तर्गत आज सम्पन्न समूह ‘इ’ को खेलमा कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा रोकिएका छन्।

अमेरिकाको कान्सास सिटीस्थित बाउन्ड्रिङ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न सकेनन्। खेलभर गोलका अवसर सिर्जना भए पनि कुनै पनि टोलीले त्यसलाई गोलमा परिणत गर्न सकेन।

इक्वेडरले खेलमा दबाब बनाएर आक्रमण जारी राखे पनि कुरासाओका गोलकिपर एलोय रुम उत्कृष्ट प्रदर्शन गर्दै टोलीका लागि संकटमोचक बने। उनले खेलभर १५ वटा महत्वपूर्ण सेभ गर्दै विपक्षी टोलीलाई गोल गर्नबाट रोके।

रुमको शानदार प्रदर्शनकै कारण कुरासाओले विश्वकपमा आफ्नो पहिलो अंक जोड्न सफल भएको हो। लगातार आक्रमणको सामना गर्दा पनि उनले गोलपोस्ट सुरक्षित राखेपछि खेल बराबरीमा सकिएको थियो।

बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। विशेषगरी कुरासाओका लागि यो नतिजा महत्वपूर्ण मानिएको छ, किनभने टोलीले विश्वकप इतिहासमा पहिलो पटक अंक जोड्न सफल भएको हो।

समूह ‘इ’ को आगामी खेलमा दुवै टोली नकआउट चरणको सम्भावना बलियो बनाउन जितको खोजीमा मैदान उत्रनेछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय