
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। निर्वाचनलाई व्यवस्थित र छिटो बनाउन ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि उनीहरूको नाम र तस्बिर विद्युतीय उपकरणमा समावेश गरी मतदान प्रक्रिया सञ्चालन गरिनेछ।
निर्वाचन आयोगले मध्यान्हदेखि मतदान सुरु गर्ने लक्ष्यसहित तयारीलाई तीव्र बनाएको जनाएको छ। मतदानअघि प्रतिनिधिहरूलाई प्रणालीबारे जानकारी दिन नमुना मतदानका लागि थप पाँच वटा उपकरण प्रयोग गरिनेछ।
यसपटकको निर्वाचनमा ४ सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रिएका छन्। विभिन्न क्लस्टर र समावेशी समूहका आधारमा पनि उम्मेदवारी परेकाले मतदान प्रक्रिया केही लामो हुन सक्ने अनुमान गरिएको छ।
निर्वाचन आयोगका प्रमुख केसीले मतदान सम्पन्न भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए। विद्युतीय प्रणाली प्रयोग गरिएकाले मतगणना छिटो र सहज हुने अपेक्षा गरिएको छ।
महाधिवेशनको पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ। रास्वपाले आफ्नो पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हुँदा आजको मतदानलाई पार्टीको भविष्यसँग जोडेर महत्वका साथ हेरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
